Monday, February 15, 2016

Copy-Paste नगरिकन Print गर्न सिकौं न !


"१) बगलमा एउटा किराना पसल राम्रो चलेको छ, अर्को ले तेही नजिकै किराना पसल जो खोलिदिन्छन् ।
२)वल्लो घरकी महिलाले Party मा जाँदा झल्किने गहना लगाउछिन्, उनीको संगिनीले अर्को दिन तेही नै खाले गहन किन्छिन् ।"
        अजिब लाग्छ मलाई कि सबैलाई देखेर । हाम्रो Copy-Paste गर्ने परम्परा भने कहिले पनि हट्ने भएन । हरेक कुरा लाई हामी copy-paste नै गर्छौं । छिमेकी साथीले मोटर-साइकल किन्यो भने अर्को साथीलाई पनि मोटर-साइकल चाहियो । SLC Student जति सबै अहिले Information Technology तर्फ आकर्षित देखिन्छन् ।  अहिले भने Valentine's Day मा पनि तेही भयो - सबले आफ्नो आफ्नो couple को फोटो Social Media Sites  मा राख्न व्यस्त । हामी छिमेकीका हरेक कुरालाई सहजै Copy-Paste गर्छौं तर आफ्नो जे छ त्यस कुराना हामी त्यति वास्ता गर्दैनौं  जसकारण हामी बिस्तारै आफ्नो originality गुमाइरहेका हुन्छौं  ।
          होइन हामीले आफ्नो अस्तित्वलाई किन नबुझ्या भन्या ? We are Complete; प्रत्येक व्यक्तिलाई ईश्वरले फरक फरक अनुहार बनाएर यो पृथ्वीमा पठाइदिनुभएको छ भनेपछि आफ्नै पनि केहि अस्तित्व छ भन्ने कुरा हामी अझै बुझिरहेका छैनौं कि | हामी किन अरुले जे गर्यो तेही त Copy गर्छौं, कारण यो छ कि Copy गर्न त सजिलो छ But आफ्नो Creation गाह्रो नै हो यथार्थमा  ।  छिमेकीको तिन तला घर छ ; आफ्नो सानो भयो रे, आफु सानो कसरी भइयो बाबा ? पैसा प्रसस्त हुनेले १० सै तल्ला घर बनाउस न के बिग्रियो ? होइन र ? तर यो कुरा गर्दा धन मानी व्यक्तित्वहरू रिसाउनु होला । धनी सम्पन्न व्यक्ति हुनको लागि पनि त भाग्यमा नै ल्याउनु पर्छ नि होइन र? कि त भरपुर मिहिनेत  गर्नु पर्यो । तर यस कुरामा दोहोरी गायक तथा सृजक पशुपति शर्माको गीतले भने सामान्य तरिकाले पैसा कमाइ हुदैन भ्रष्टाचार गर्ने नै माथि पुग्छ भनेका छन् । However , आफ्नो आफ्नो विचार पनि हो कि ?   

          फेरी अघिकै विषयमा चर्चा गरौँ - बिदेशी संस्कृतिको हामी ठ्याक्कै Copy गरिराछौँ । जनै पूर्णिमा कहिले को भनेर हामीलाई थाहा हुने छोड्यो, Valentine  Day, Christmas भव्य रुपले मनाइन्छ । अर्को कुरा, राम्रो कुराको Copy गर्नु त राम्रो हो । तर, हामी हाम्रो धर्म-संस्कृतिलाई चटक्कै बिर्सेर पास्चात्य संस्कृतिकै पछि लाग्नु सहि भन्न मिल्ला त ?  मैले भन्न खोजेको यो होइन कि पश्चिमी सस्कृति नअपनाऔं  भनेर, मैले भन्न खोजेको कुरा: हामी आफ्नो अस्तित्व पनि बुझौं न भन्न खोज्या मात्र हो ।
          मेरो विचारमा originality/अस्तित्वमा बाट नै नयाँ चिजको  सृजना हुन्छ । विदेशीहरू आफ्नो अस्तित्व(Existance ) लाई नै बढी महत्व दिनले धेरै प्रगति गरिसकेका छन् होइन र ?      

Thursday, March 5, 2015

'विराट' शब्दको उत्पत्ती

भगवान् कृष्ण(विष्णु) को विराट स्वरूपको दर्शनको साथमा दुइ किनारामा विराट पौडेलको तस्वीर


     संस्कृत व्याकरण अनुसार 'विराट' शब्द 'वि' उपसर्गमा 'राज्' प्रत्यय लागेर बनेको हो | लघु-सिद्दान्तकौमुदीमा लिखित एक सुत्र अनुसार 'राज्' प्रत्ययमा रहेको 'ज्' मा 'सु' थपिन्छ र त्यो 'सु' मा 'स' विलिन हुन्छ अनि अन्त्यमा रहेको  'ज्' अक्षर 'ट्' मा रुपान्तरित भएर 'विराट' शब्द बन्न गएको हो भनी संस्कृत व्याकरणविद्हरू बताउदछन् | 
     नेपाली शब्दकोश अनुसार विराट शब्दको अर्थ शोभायमान हुनु; स्व-प्रकाशित हुनु भनिएको छ भने विकिपेडिया अनुसार विराट शब्दको अर्थ 'आकारमा विशालताको साथमा महान् हुनु' हो भनी लेखिएको  छ |
     'विराट' शब्दको वास्तविक अर्थ बुझ्नको लागि भने भगवान् विष्णुको विराट  स्वरूप अवतारको बारेमा बुझ्नु जरुरी हुन्छ, किनकी ऐतिहासिक तथा पौराणिक रुपमा 'विराट' शब्दको प्रयोगको थालनी भगवान् विष्णुको विराट स्वरूप अवतारमा रहेको 'विराट' शब्दबाट नै भएको देखिन्छ |
     हिन्दु धार्मिक ग्रन्थ महाभारतमा युद्धको बेलामा भगवान् कृष्ण(भगवान् विष्णुको स्वरूप)ले अर्जुनलाई सुनाएको ज्ञान - श्रीमद्भगवत् गीतामा उल्लेख गरिए अनुरुप अर्जुनले कृष्ण भगवान् प्रति विश्वास गुमाउन लागेको अवस्थामा भगवान् कृष्णले विराट-स्वरूप अवतारको दर्शन दिनुभएको थियो | श्रीमद्भगवत गीता - विश्वरुप-दर्शन-योग ( अध्याय - ११ )मा वर्णनगरिएअनुसार त्यस विश्वरुपका अनेक मुख र आँखाहरू थिए, साथमा अनेक अद्भभुत दृश्यहरू देखिन्थे, नाना प्रकारका दिव्य-अलंकार (गहना) पहिरिएका तथा विभिन्न किसिमका दिव्य हतियारको साथमा सुसज्जित देखिन्थ्यो, आश्चर्यजनक त्यो रुपमा विभिन्न किसिमका वासना आँउदथ्यो, दिव्य पुष्प(फूल), वस्त्र(कपडा) हरूले सोभायमान त्यो अलौकिक रुपमा हजारौं सूर्यको तेज बराबरको प्रकाश छरिएको देखिन्थ्यो, नाना प्रकारका प्राणीहरुको समुदाय, ब्रह्मा, विष्णु, शिव तथा अनेक ऋषिगण अनि वासुकी नाग आदि सर्पहरू समेत नजिकमा देखिन्थे, करोडौं हात, करोडौं पेट, करोडौं मुख र करोडौं नजर समेत भएको, किरीट, गदा, वक्र, चक्र धारण गर्ने चारै तर्फ प्रभा फैलाउने, तेजको पुञ्ज, झल्मलाउँदो अग्नि सहितको आँखाले हेर्दा तिर्मिराउने, जसको सुरु - मध्य - र अन्त्य छैन,  त्यस्तो स्वरुपलाई  देखेर अर्जुनमा अतास्सिए जस्तो भयभित हुन्छन् | त्यसै बेला रुद्र गण, आदित्य - गण, साध्य गण, विश्वेदेव, अश्विनीकुमार, मरुद्गण, पितृगण, गन्धर्व, यक्ष, सिद्ध, तथा फौज का फौज आश्चर्य-चकित हुँदै विराट-स्वरूपको दर्शन तथा प्रणाम गर्दछन् | 
     'विराट' शब्दको प्रयोगको सम्बन्धमा भने महाभारत मा विराट पर्वको बारेमा कथन भेटिन्छ भने भने भगवान् रामचन्द्र गुप्तबास गएको बेलामा 'विराट राजा'  संग विराटनगरमा भेट भएको पनि बताइएको छ |
     अब व्यक्तिगत रुपमा 'विराट' नाम कसरी राखियो भन्ने बारेमा वर्णन गरौँ | विराट पौडेलकी जननी माता भुवनेश्वरीदेवी पौडेलले सधैं बिहान सबेरै गीता पाठ गर्नुहुन्थ्योर अचेल पनि गर्नुहुन्छ | यसै क्रममा न्वारनको नाम 'विवेकानन्द' नाम रहेकोमा अब प्रचलित नाम को लागि श्रीमद्भगवत गीतामा निहित  'भगवान् बिष्णुको विराट स्वरूप' बाट निकालेर 'विराट' नाम राखौं भन्ने सोचले विराट नाम राखिएको हो र तेही अनुसार विवेकानन्द पौडेलको प्रचलित नाम : 'विराट पौडेल'  रहन गएको हो | 

Facebook: