Tuesday, April 10, 2018

मेरो विद्यार्थी जीवन र कम्प्युटर प्रतिको मोह

 
Me at the time of student life
    
  मेरो computerinternet प्रतिको मोह सानै देखि नै पलाएको थियो ; मौलाउन खोजिरहेको हो ! एउटा कुरा सम्झिन्छु जुन ; म तेती बेला लगभग १३ वर्ष जतिको थिए कि ! जति बेला मेरो राजन दाइले निरन्जन दाइको लागि भनेर computer र internet सम्बन्धि पुस्तकहरू पठाइदिनुभएको थियो | तेतीवेला लगभग म सायद ८-९  कक्षामा भर्खर पुगेको थिए | अनि यसै सन्दर्भमा जब कक्षा - ९ मा पुगे, optional computer subject नयाँ थपियो |  प्राविधिक कुरामा अहिले पनि अति नै रुची राख्ने म र मेरो साथी थिए : राजु | हामी दुइ एकदमै मिल्ने साथी; Computer सम्बन्धी नयाँ नयाँ रोचक कुरामा अत्यन्तै चासो राख्ने गर्दथ्यौ | कम्प्युटर सरले पढाउनुभएको कुराहरू हामीलाई साच्चै नै पट्यारलाग्दो हुन्थ्यो; किनकी हामी सरले सिकाएका कुराहरू भन्दा धेरै नै माथि पुगिसकेका हुन्थ्यौं | अन्तत: स्कूल जीवनमा हामी राम्रै विद्यार्थीको रुपमा चिनिन सफल भयौं |