Thursday, March 5, 2015

'विराट' शब्दको उत्पत्ती

भगवान् कृष्ण(विष्णु) को विराट स्वरूपको दर्शनको साथमा दुइ किनारामा विराट पौडेलको तस्वीर


     संस्कृत व्याकरण अनुसार 'विराट' शब्द 'वि' उपसर्गमा 'राज्' प्रत्यय लागेर बनेको हो | लघु-सिद्दान्तकौमुदीमा लिखित एक सुत्र अनुसार 'राज्' प्रत्ययमा रहेको 'ज्' मा 'सु' थपिन्छ र त्यो 'सु' मा 'स' विलिन हुन्छ अनि अन्त्यमा रहेको  'ज्' अक्षर 'ट्' मा रुपान्तरित भएर 'विराट' शब्द बन्न गएको हो भनी संस्कृत व्याकरणविद्हरू बताउदछन् | 
     नेपाली शब्दकोश अनुसार विराट शब्दको अर्थ शोभायमान हुनु; स्व-प्रकाशित हुनु भनिएको छ भने विकिपेडिया अनुसार विराट शब्दको अर्थ 'आकारमा विशालताको साथमा महान् हुनु' हो भनी लेखिएको  छ |
     'विराट' शब्दको वास्तविक अर्थ बुझ्नको लागि भने भगवान् विष्णुको विराट  स्वरूप अवतारको बारेमा बुझ्नु जरुरी हुन्छ, किनकी ऐतिहासिक तथा पौराणिक रुपमा 'विराट' शब्दको प्रयोगको थालनी भगवान् विष्णुको विराट स्वरूप अवतारमा रहेको 'विराट' शब्दबाट नै भएको देखिन्छ |
     हिन्दु धार्मिक ग्रन्थ महाभारतमा युद्धको बेलामा भगवान् कृष्ण(भगवान् विष्णुको स्वरूप)ले अर्जुनलाई सुनाएको ज्ञान - श्रीमद्भगवत् गीतामा उल्लेख गरिए अनुरुप अर्जुनले कृष्ण भगवान् प्रति विश्वास गुमाउन लागेको अवस्थामा भगवान् कृष्णले विराट-स्वरूप अवतारको दर्शन दिनुभएको थियो | श्रीमद्भगवत गीता - विश्वरुप-दर्शन-योग ( अध्याय - ११ )मा वर्णनगरिएअनुसार त्यस विश्वरुपका अनेक मुख र आँखाहरू थिए, साथमा अनेक अद्भभुत दृश्यहरू देखिन्थे, नाना प्रकारका दिव्य-अलंकार (गहना) पहिरिएका तथा विभिन्न किसिमका दिव्य हतियारको साथमा सुसज्जित देखिन्थ्यो, आश्चर्यजनक त्यो रुपमा विभिन्न किसिमका वासना आँउदथ्यो, दिव्य पुष्प(फूल), वस्त्र(कपडा) हरूले सोभायमान त्यो अलौकिक रुपमा हजारौं सूर्यको तेज बराबरको प्रकाश छरिएको देखिन्थ्यो, नाना प्रकारका प्राणीहरुको समुदाय, ब्रह्मा, विष्णु, शिव तथा अनेक ऋषिगण अनि वासुकी नाग आदि सर्पहरू समेत नजिकमा देखिन्थे, करोडौं हात, करोडौं पेट, करोडौं मुख र करोडौं नजर समेत भएको, किरीट, गदा, वक्र, चक्र धारण गर्ने चारै तर्फ प्रभा फैलाउने, तेजको पुञ्ज, झल्मलाउँदो अग्नि सहितको आँखाले हेर्दा तिर्मिराउने, जसको सुरु - मध्य - र अन्त्य छैन,  त्यस्तो स्वरुपलाई  देखेर अर्जुनमा अतास्सिए जस्तो भयभित हुन्छन् | त्यसै बेला रुद्र गण, आदित्य - गण, साध्य गण, विश्वेदेव, अश्विनीकुमार, मरुद्गण, पितृगण, गन्धर्व, यक्ष, सिद्ध, तथा फौज का फौज आश्चर्य-चकित हुँदै विराट-स्वरूपको दर्शन तथा प्रणाम गर्दछन् | 
     'विराट' शब्दको प्रयोगको सम्बन्धमा भने महाभारत मा विराट पर्वको बारेमा कथन भेटिन्छ भने भने भगवान् रामचन्द्र गुप्तबास गएको बेलामा 'विराट राजा'  संग विराटनगरमा भेट भएको पनि बताइएको छ |
     अब व्यक्तिगत रुपमा 'विराट' नाम कसरी राखियो भन्ने बारेमा वर्णन गरौँ | विराट पौडेलकी जननी माता भुवनेश्वरीदेवी पौडेलले सधैं बिहान सबेरै गीता पाठ गर्नुहुन्थ्योर अचेल पनि गर्नुहुन्छ | यसै क्रममा न्वारनको नाम 'विवेकानन्द' नाम रहेकोमा अब प्रचलित नाम को लागि श्रीमद्भगवत गीतामा निहित  'भगवान् बिष्णुको विराट स्वरूप' बाट निकालेर 'विराट' नाम राखौं भन्ने सोचले विराट नाम राखिएको हो र तेही अनुसार विवेकानन्द पौडेलको प्रचलित नाम : 'विराट पौडेल रहन गएको हो | 

Facebook:


  

   

Saturday, February 14, 2015

प्रेम दिवसको शुभकामना


    Valentine's day ! संसार भरी विभिन्न तरिकाले आफ्नो मन पर्ने प्रेमी-प्रेमिका वा श्रीमान्-श्रीमती बीच मनाइन्छ  ! वास्तवमा प्रेम एउटा हरेक व्यक्तिमा स्वतः स्फुरित हुने भावना हो ! तर यो त्यति बेला स्फूर्त देखिन्छ जतिबेला आफुले कोहि लाई भित्रै बाट मन पराइन्छ | कुनै वस्तुसंगको प्रेम होस् वा व्यक्ति संगको प्रेम; यसले साच्चै नै व्यक्तिमा एउटा सकारात्मक उर्जा दिन्छ | तर प्रेम स्वार्थ तर्फ अनि केवल शारीरिक आकर्षणतर्फ मात्रै उन्मुख भयो भने यसले दु:ख, आक्रोस तथा नैरास्यता पैदा गर्दछ | अतः प्रेममा केहि मात्रामा  गम्भीर पनि हुनु पर्दछ भने पूर्णत: उत्साहित पनि हुनु पर्दछ | यदि हामीले असल / सहि र निस्वार्थ: प्रेम दिन सक्छौं भने जीवन एउटा उत्साह नै उत्साहको उत्सव हुन सक्छ  | अन्त्यमा सम्पूर्ण site visitor साथी हरुलाई मा विराट पौडेलको तर्फ बाट हार्दिक शुभकामना !! 

Wednesday, January 7, 2015

Getting Started


Photo location: Newly build tower at the top of Srinagar Hill

Hello all! मानिसको जीवन अनौठो छ ! कहिले कस्तो कहिले कस्तो ! जीवनका अझै रमाइला अनुभूतिहरू !!