Thursday, February 10, 2022

'नजर' कविता

 माया तिम्रो नजरको सामु,

मेरो नजर नि झुक्दैन त्यो,

हेरिरहूँ झै मुस्कान तिम्रो,
प्रेम-मुहान यो सुक्दैन त्यो!

पलाइरहेको कोपिला जस्तै,
उम्रिएको यो माया,
मल जल गर्दै प्रेम भरेसी,
उब्जियो शितल छाँया,

प्रकृतिको काखमाथि,
किन नझुम्मुन् भँवरा,
मधुमासको यो शितल वनमा,
प्रशन्न पहाड-पहरा ।

हर्ष आंसु झरना बग्दा,
मिलन प्रेममय भयो,
आत्मा, ईश्वर, ज्ञान, आरती,
आविष्कार भई गयो ।