Saturday, August 14, 2021

बिरालो ज्ञान महात्म्य

 

मलाई फूलको वास्ता थेएन,

उसले सुगन्ध लियो,

मेरो घरको बिरालोले,   

फूलमै मजा लियो ।


सुघिराथ्यो मध्यरातमा,

नाकै जोडी फूलमा,

आफू भने सोंचनामा,

भविष्य र भूतमा ।

 

मनुष्यले भन्दा धेरै,

मजा ले'छ उसले,

आफू भन्दा स्थिर देखें,

कुरा बुझ्छ कसले?

 

सुगन्धको शुद्ध स्वाद,

बिरालैले लियो,

विराट नाम पौडेल थर,

हेरिरहेकै थियो । 

 

आफू भन्दा शुद्दता त,

उसको भावमा देखें,

ज्ञान पाएँ उसैबाट,

यो कविता पो लेखें ।