गुलाब तिम्रो सुवास रही गो (कविता )
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEimxfNLtXM2jx5skXWeHS1HkXKhh69fdoiDA1O60EP0bJEDSZ4CddSv6WeHoox-COsRkWId8gO7EpYWgAga0uh6-SNn8QTLAUnLpx9Ebk_3zNzZQJYnNFmmJAl10655tl7kZ-Siz5hJMJM/s640/2016-11-27-15-08-54-865.jpg)
आज फेरी मेरो मनमा,
बसाँउछ्यौ प्रिय तिमी किन,
झल्झलाउँदो त्यो मुहारमा,
लजाछ्यौ प्रिय तिमी किन।
बत्ती बलेझै अनुहार तिम्रो,
लजाछ्यौ प्रिय तिमी किन।
बत्ती बलेझै अनुहार तिम्रो,
फूल फ़ूलेझै मुहार तिम्रो,
लचक-लचक यो चाल तिम्रो,
कुहुकुहु चिरबिरीबिरी चरी झैँ,
बोली वचन सुर-ताल तिम्रो,
कति हो सुन्दर जीउडाल तिम्रो।
मसक-मसक हिडिदिन्छ्यौ मस्की,
धड़क धड़क यो दिलमै धड्की,
मसक्क मस्की धड़क्क धड्की,
बस न हो नजिकै फरक्क फर्की !
फुरुक फुरुक तिमी वरिपरि हिड्दा,
मन मन मेरो सरसर भैगो,
जुरुक जुरुक यो फुरुङ्ग मनमा
गुलाब तिम्रो सुवास रही गो ।
जुरुक जुरुक यो फुरुङ्ग मनमा
गुलाब तिम्रो सुवास रही गो ।