सर्वप्रथम, म श्रीमतीलाई मिसेस (Mrs.) शब्दले सम्बोधन गर्न चाहन्छु । श्रीमती शब्द तेती मनपर्दैन, श्रीमती नै शब्द किन भनियो यो पनि मलाई थाहा भएन, घरको श्रीसम्पत्तिको भोक्ता एवं श्री - मतियुक्त भएर श्री-लक्ष्मीको पुजनीय भएर हो कि श्रीमती भनिएको, यस्तो मेरो मनमा आउदछ, यथार्थ चाहिं व्याकरणविदहरुलाई नै थाहा होला - हा.. हा.. 😃 ।
रुप, रंग र आकर्षण :
मेरी श्रीमती रुप, रंग र शारीरिक रुपले तन्दुरुस्त होउन्। तर समयबस कहिलेकाहीं रुघाखोकी लाग्नु स्वाभाविक कुरा हो कि । उज्यालो मुहार - अनुहार कि होउन् तर यो होइन कि राति मा घरको बत्तिनै बाल्न नपर्ने गोरी 😀, तर उनी रातीमा कोठामा छिर्ने बित्तिकै उनको उज्यालोले बत्ति नै बाल्न नपर्ने जस्तो गोरी, यस्तो चमत्कार त नहोला तर पनि एउटा कल्पना । शारीरिक र मानसिक रुपमा राम्री र अनुशासित भएमा राम्रो ... । तर यस्तो कुरामा कतिपय साथीहरु बिच्चैमा भन्नुहुन्छ - 'सब भन्दा पहिला त आफु नै ठिक हुनु पर्यो नि' - कुरा सहि नै हो । आफु त आफु नै भैयो । कसैले राम्रो भन्छन् त कसैले नराम्रो पनि भन्लान् तर आफ्नो सोंचाई भने मेरो सबै प्रति सहानुभूतिपूर्ण नै छ ।
उनी एकदमै आकर्षक शरीरको हुन्छिन्, लाग्छ कि त्यति आकर्षक केटी संसारमा नै कुनै छैन, तर
यो होइन कि उनी सबैको लागि आकर्षक होउन्, अरुले देख्दा भने उनीलाई राम्रै मान्छन् - मानिसहरु, हल्का केहि से*सी, हल्का राम्री । अनि संसारको धेरै/सबै केटाहरुले रुचाएको शृंखला खतिवडा वा करीना कपुर जस्तो चेलेब्रटी पनि होइन्, ताकी उनका फ्यानहरु उनीलाई देखेर crazy भई रहुन्। ठिक्क साथीहरुले मन पराएको होउन् तर उनीले भने म आफुलाई मात्र मन पराउन् - मेरो रमाइलो कुरा 😀। तर म के भन्छु भने अरुबाट मायाको अपेक्षा गर्नु भन्दा राम्रो - आफुले अरुलाई माया दिइरहनु नै हो; तर यो कुरा भनेको अलि आश्चर्यजनक नै विषय हो 😃 !
पहिरन:
पहिरन भने कुर्ता सुरवाल जस्तो खालको कपडा लगाउछिन् । कपडा यस्तो ठिक्क टपक्क मिलेको लगाउछिन् कि पहिरनमा उनी bright देखिन्छिन् । टपक्क्क मिलेको वा हल्का light colour को हल्का सदा रंगको (light-colorful) लुगा लगाएकी हुन्छिन् / लगाउन मन पराउछिन्; वा समय सान्धर्विक पाइन्ट वा साडी वा जुन आफ्नो लागि सजिलो(comfortable) हुन्छ । हेर्दा खुसी देखिन्छिन्, न त दुखी न त उत्सृङ्खल नै! यस्तो हुनुपर्यो कि मुहारमा हल्का लजालु हासो धेरै जस्तो समयमा देख्न पाइने ।
सामान्य स्वभाव:
हल्का पारिवारिक स्वभाव कि हुन्छिन्, परिवार, आफन्त सबैलाई माया गर्ने र हल्का मिठो गफ पनि गर्ने हुन्छिन् तर कामै छोडेर गफ गर्ने चाहिं पनि होइन है 🤓 ।
शिक्षा र शैक्षिक योग्यता:
Minimum आफुले पठाएको SMS/message त ठिक संग बुझ्ने त हुनु नै पर्यो नि तर "मेरो कुरा - केहि शिक्षित त हुनु हुनुपर्यो, कुरा बुझ्ने हुनुपर्यो, तेत्ति मात्र, धेरै ph.d गरेकी भएर पनि त्यस अनुसारको job/work नपाएमा पढेको के मज्जा ?" यहाँ शिक्षित (educated) भन्नाले स्नातक(Bachelors) वा यस्तै-यस्तै running वा केही तल-माथी Intermediate (average) यस्तै यस्तै बुझौं न ।
अन्तरंगता, अन्तर-सम्बन्ध, शारीरिक एवं मानसिक सम्बन्ध र आकर्षण:
मानसिक सम्बन्धमा बराबर तर सम्बन्धमा आफु भन्दा केहि बढी एवं ठिक्क रुचि राख्ने हुन्छिन् वा हुँदा राम्रो । हल्का माया प्रेमको कुरा पनि गर्न रुचाउने तर माथि paragraph मा भने जस्तै - यस्तो होइन कि उनी खाना नै पकाउन छोडेर प्रेमको मात्र कुरा गर्ने तर व्यवहारमा zero ! घर - व्यवहार पनि त चलाउनु पर्यो, काम पनि त गर्नुपर्यो नि! होइन र हजुर?
खान पान:
उनको खान-पान शाहाकारी हुँदा राम्रो हुन्छ, तर यो होइन कि उनी लसुन, प्याज पनि नखाने अति-अध्यात्मवादी त्यस्तो चाहिं पनि होइन; खान त कहिले काही non-veg पनि खाँदा खासै फरक नपर्ला कि- तर कहिले काहीं मात्र - कहिलेकाहीं मात्र । पार्टी, भोज भतेरमा शाहाकारी नै खाएको राम्रो हो तर फेरी आफुलाई मन परेको चीज मैले नखान भन्न पनि त मिल्दैन होला नि ।
जात, कुल खानदान:
भरसक आफ्नै जात/कुल कि भएमा राम्रो - First Priority. गोत्र, नाडी र गुण पनि मिलेमा झन् उत्तम हुन्छ । ज्योतिष शास्त्रमा 18 गुण भन्दा बढी भएमा उत्तम मानिन्छ तर मेरो case मा भने minimum 22 गुण त हुनै पर्यो है । वैवाहिक सम्बन्ध आफ्नो भाग्यको कुरा पनि हो - यसमा ठेट कुरा यस्तै नै र यही नै कुल/जाति नै भनेर ठोकुवा गर्न पनि त सकिन्न ।
शर्त:
यस रिलेशनमा मुख्य सर्त यो नै हुनपर्ने भनेर त्यस्तो खासै त छैैन । तर मुख्य कुरा understanding मा आउनु पर्ने हुन्छ । जति राम्रो understanding हुन्छ, तेती नै पारिवारिक जीवन राम्रो र सुखदायी हुन्छ ।
[ कृपया यस article लाई एउटा imagination(काल्पनिक) जस्तै बुझिदिनुहोला । यथार्थमा केहि कुरा फरक पनि हुन सक्ला तर औसत (average) मा कुरा यस्तै यस्तै बुझौं न ।
Article पढिदिनुभएको मा धन्यवाद 🙂!!
जय राधा-कृष्ण !
No comments:
Post a Comment