Thursday, April 6, 2017

गुलाब तिम्रो सुवास रही गो

गुलाब तिम्रो सुवास रही गो (कविता )





























आज फेरी मेरो मनमा,
बसाँउछ्यौ प्रिय तिमी किन,
झल्झलाउँदो त्यो मुहारमा,
लजाछ्यौ प्रिय  तिमी किन।

बत्ती बलेझै अनुहार तिम्रो,
फूल फ़ूलेझै मुहार तिम्रो,
लचक-लचक यो चाल तिम्रो, 
कुहुकुहु चिरबिरीबिरी चरी झैँ,
बोली वचन सुर-ताल तिम्रो,
कति हो सुन्दर जीउडाल तिम्रो।

मसक-मसक हिडिदिन्छ्यौ मस्की,
धड़क धड़क यो दिलमै धड्की,
मसक्क मस्की धड़क्क धड्की,
बस न हो नजिकै फरक्क फर्की  !

फुरुक फुरुक तिमी वरिपरि हिड्दा,
मन मन मेरो सरसर भैगो,
जुरुक जुरुक यो फुरुङ्ग मनमा
गुलाब तिम्रो सुवास रही गो ।