Tuesday, April 24, 2018

विज्ञान सम्बन्धी मेरा केहि रमाइला जिज्ञासाहरु


के इनर्जीलाई साच्चै नै generate/create गर्न सकिदैन त ? "Energy can be neither be created or be destroyed, It can only be transformed from one form to another." Creation of Energy भन्ने topics मा वैज्ञानिकहरूको ध्यान कता छ ? यदि energy लाई स्वतः generate वा create गर्न सक्ने हो भने नेपालमा load-shadding बढोस् कि घटोस् के मतलब ! tv, रेडियो, Computer चलाउन electricity वा battery नै चाहिदैनथ्यो, आफैं नै स्वतः चल्ने थियो |

Biology भन्छ : Human को life-activity चल्नको लागि food, water, oxygen चाहिन्छ | मृत्यु भएको मानिसलाई food, water oxygen दिएर पनि किन बाँच्दैन ? त्यहाँ अझै केहि अदृश्य शक्ति (Invisible Energy) पनि हुनुपर्छ जसले मानिसलाई जीवन दिइरहेको हुन्छ |   

अनि एउटा रमाइलो कुरा के भने -  सुर्यको वरिपरी पृथ्वी घुम्छ भनिन्छ, तर सबैले प्रत्यक्ष देख्छौं पुर्व बाट सुर्य उदाएर पश्चिम मा अस्ताउँछ, सुर्य नै घुमेको देखिन्छ | मलाई कस्तो लाग्यो भने पृथ्वीमा हुँदा सुर्य घुम्दो रहेछ भने पृथ्वीबाट अन्तरिक्षमा जाँदा पृथ्वी घुम्दो रहेछ | त्यस हिसाबले त पृथ्वी र अन्तरिक्षको बीचबाट हेर्ने हो भने त पृथ्वी र सुर्य दुवै घुम्दैन होला कि | just हाँसो हो कुरा !