धेरै थरी मानिस छन् यहाँ, सबै थरि-थरि,
एउटै मानिस हुन्छन् कहिले असल,
त कहिले खराब,
परिस्थिति घरि-घरि।
वास्तवमा जीवन-जगत अनि मानिस, मानिस अनि यो जगत - पृथ्वी; कसैले भन्छन्; जीवन एउटा खेल मैदान हो, त कोहि भन्दछन्, जीवन संघर्ष हो। के जीवन यति सजिलो हो कि एउटा भलिबल खेल जस्तो?
खेलकै बिषयमा हेरौं। free play मा जो मजा छ, तर के प्रतिष्पर्धात्मक खेलमा त त्यति स्वतन्त्र आनन्द होला त ? जीवनका सबै पक्ष यस्तै हुन् कि। सामान्य हेर्दा जेमा मजा छ, अलिकति गहिरिएर जाँदा त्यही नै दु:ख छ, तेही सुख पनि । आफ्नो अनुभवले म देख्छु, के जीवन यही दु:ख, पीडा मात्र हो त ? हरेक क्षेत्रमा हेरौं - सतहमा जो मजा छ, जब तेसै भित्र हामी डुब्छौ, त्यहाँ सागर छ, समुन्द्र छ, राम्रो पनि छ, नराम्रो पनि छन्, सुखानुभुति पनि छन् त दु:खको अनुभूति पनि ।
के जीवनको परिभाषा यत्ति नै हो त ? यो परिवर्तनशील दुनियामा के परिवर्तन नै सबै चीज हो त? के यो जीवन पीडा र रोदनको समुन्द्र हो , वा यो एक असिम उपहार हो ? मेरो जिज्ञासा !
No comments:
Post a Comment