मेरो computer र internet प्रतिको मोह सानै देखि नै पलाएको थियो ; मौलाउन खोजिरहेको हो ! एउटा कुरा सम्झिन्छु जुन ; म तेती बेला लगभग १३ वर्ष जतिको थिए कि ! जति बेला मेरो राजन दाइले निरन्जन दाइको लागि भनेर computer र internet सम्बन्धि पुस्तकहरू पठाइदिनुभएको थियो | तेतीवेला लगभग म सायद ८-९ कक्षामा भर्खर पुगेको थिए | अनि यसै सन्दर्भमा जब कक्षा - ९ मा पुगे, optional computer subject नयाँ थपियो | प्राविधिक कुरामा अहिले पनि अति नै रुची राख्ने म र मेरो साथी थिए : राजु | हामी दुइ एकदमै मिल्ने साथी; Computer सम्बन्धी नयाँ नयाँ रोचक कुरामा अत्यन्तै चासो राख्ने गर्दथ्यौ | कम्प्युटर सरले पढाउनुभएको कुराहरू हामीलाई साच्चै नै पट्यारलाग्दो हुन्थ्यो; किनकी हामी सरले सिकाएका कुराहरू भन्दा धेरै नै माथि पुगिसकेका हुन्थ्यौं | अन्तत: स्कूल जीवनमा हामी राम्रै विद्यार्थीको रुपमा चिनिन सफल भयौं |
The Personalized Articles about Technology, Community News, Socialism, Community Updates, Spirituality and many more.
Tuesday, April 10, 2018
मेरो विद्यार्थी जीवन र कम्प्युटर प्रतिको मोह
मेरो computer र internet प्रतिको मोह सानै देखि नै पलाएको थियो ; मौलाउन खोजिरहेको हो ! एउटा कुरा सम्झिन्छु जुन ; म तेती बेला लगभग १३ वर्ष जतिको थिए कि ! जति बेला मेरो राजन दाइले निरन्जन दाइको लागि भनेर computer र internet सम्बन्धि पुस्तकहरू पठाइदिनुभएको थियो | तेतीवेला लगभग म सायद ८-९ कक्षामा भर्खर पुगेको थिए | अनि यसै सन्दर्भमा जब कक्षा - ९ मा पुगे, optional computer subject नयाँ थपियो | प्राविधिक कुरामा अहिले पनि अति नै रुची राख्ने म र मेरो साथी थिए : राजु | हामी दुइ एकदमै मिल्ने साथी; Computer सम्बन्धी नयाँ नयाँ रोचक कुरामा अत्यन्तै चासो राख्ने गर्दथ्यौ | कम्प्युटर सरले पढाउनुभएको कुराहरू हामीलाई साच्चै नै पट्यारलाग्दो हुन्थ्यो; किनकी हामी सरले सिकाएका कुराहरू भन्दा धेरै नै माथि पुगिसकेका हुन्थ्यौं | अन्तत: स्कूल जीवनमा हामी राम्रै विद्यार्थीको रुपमा चिनिन सफल भयौं |
Thursday, April 6, 2017
गुलाब तिम्रो सुवास रही गो
गुलाब तिम्रो सुवास रही गो (कविता )

आज फेरी मेरो मनमा,
बसाँउछ्यौ प्रिय तिमी किन,
झल्झलाउँदो त्यो मुहारमा,
लजाछ्यौ प्रिय तिमी किन।
बत्ती बलेझै अनुहार तिम्रो,
लजाछ्यौ प्रिय तिमी किन।
बत्ती बलेझै अनुहार तिम्रो,
फूल फ़ूलेझै मुहार तिम्रो,
लचक-लचक यो चाल तिम्रो,
कुहुकुहु चिरबिरीबिरी चरी झैँ,
बोली वचन सुर-ताल तिम्रो,
कति हो सुन्दर जीउडाल तिम्रो।
मसक-मसक हिडिदिन्छ्यौ मस्की,
धड़क धड़क यो दिलमै धड्की,
मसक्क मस्की धड़क्क धड्की,
बस न हो नजिकै फरक्क फर्की !
फुरुक फुरुक तिमी वरिपरि हिड्दा,
मन मन मेरो सरसर भैगो,
जुरुक जुरुक यो फुरुङ्ग मनमा
गुलाब तिम्रो सुवास रही गो ।
जुरुक जुरुक यो फुरुङ्ग मनमा
गुलाब तिम्रो सुवास रही गो ।
Monday, February 15, 2016
Copy-Paste नगरिकन Print गर्न सिकौं न !
"१) बगलमा एउटा किराना पसल राम्रो चलेको छ, अर्को ले तेही नजिकै किराना पसल जो खोलिदिन्छन् ।
२)वल्लो घरकी महिलाले Party मा जाँदा झल्किने गहना लगाउछिन्, उनीको संगिनीले अर्को दिन तेही नै खाले गहन किन्छिन् ।"
अजिब लाग्छ मलाई कि सबैलाई देखेर । हाम्रो Copy-Paste गर्ने परम्परा भने कहिले पनि हट्ने भएन । हरेक कुरा लाई हामी copy-paste नै गर्छौं । छिमेकी साथीले मोटर-साइकल किन्यो भने अर्को साथीलाई पनि मोटर-साइकल चाहियो । SLC Student जति सबै अहिले Information Technology तर्फ आकर्षित देखिन्छन् । अहिले भने Valentine's Day मा पनि तेही भयो - सबले आफ्नो आफ्नो couple को फोटो Social Media Sites मा राख्न व्यस्त । हामी छिमेकीका हरेक कुरालाई सहजै Copy-Paste गर्छौं तर आफ्नो जे छ त्यस कुराना हामी त्यति वास्ता गर्दैनौं जसकारण हामी बिस्तारै आफ्नो originality गुमाइरहेका हुन्छौं ।
होइन हामीले आफ्नो अस्तित्वलाई किन नबुझ्या भन्या ? We are Complete; प्रत्येक व्यक्तिलाई ईश्वरले फरक फरक अनुहार बनाएर यो पृथ्वीमा पठाइदिनुभएको छ भनेपछि आफ्नै पनि केहि अस्तित्व छ भन्ने कुरा हामी अझै बुझिरहेका छैनौं कि | हामी किन अरुले जे गर्यो तेही त Copy गर्छौं, कारण यो छ कि Copy गर्न त सजिलो छ But आफ्नो Creation गाह्रो नै हो यथार्थमा । छिमेकीको तिन तला घर छ ; आफ्नो सानो भयो रे, आफु सानो कसरी भइयो बाबा ? पैसा प्रसस्त हुनेले १० सै तल्ला घर बनाउस न के बिग्रियो ? होइन र ? तर यो कुरा गर्दा धन मानी व्यक्तित्वहरू रिसाउनु होला । धनी सम्पन्न व्यक्ति हुनको लागि पनि त भाग्यमा नै ल्याउनु पर्छ नि होइन र? कि त भरपुर मिहिनेत गर्नु पर्यो । तर यस कुरामा दोहोरी गायक तथा सृजक पशुपति शर्माको गीतले भने सामान्य तरिकाले पैसा कमाइ हुदैन भ्रष्टाचार गर्ने नै माथि पुग्छ भनेका छन् । However , आफ्नो आफ्नो विचार पनि हो कि ?
फेरी अघिकै विषयमा चर्चा गरौँ - बिदेशी संस्कृतिको हामी ठ्याक्कै Copy गरिराछौँ । जनै पूर्णिमा कहिले को भनेर हामीलाई थाहा हुने छोड्यो, Valentine Day, Christmas भव्य रुपले मनाइन्छ । अर्को कुरा, राम्रो कुराको Copy गर्नु त राम्रो हो । तर, हामी हाम्रो धर्म-संस्कृतिलाई चटक्कै बिर्सेर पास्चात्य संस्कृतिकै पछि लाग्नु सहि भन्न मिल्ला त ? मैले भन्न खोजेको यो होइन कि पश्चिमी सस्कृति नअपनाऔं भनेर, मैले भन्न खोजेको कुरा: हामी आफ्नो अस्तित्व पनि बुझौं न भन्न खोज्या मात्र हो ।
मेरो विचारमा originality/अस्तित्वमा बाट नै नयाँ चिजको सृजना हुन्छ । विदेशीहरू आफ्नो अस्तित्व(Existance ) लाई नै बढी महत्व दिनले धेरै प्रगति गरिसकेका छन् होइन र ?
Subscribe to:
Posts (Atom)
