Thursday, January 12, 2023

के यो जीवन उपहार हो?

धेरै थरी मानिस छन् यहाँ, सबै थरि-थरि, 

एउटै मानिस हुन्छन् कहिले असल,

 त कहिले खराब,

परिस्थिति  घरि-घरि। 

     

    वास्तवमा जीवन-जगत अनि मानिस, मानिस अनि यो जगत - पृथ्वी; कसैले भन्छन्; जीवन एउटा खेल मैदान हो, त कोहि भन्दछन्, जीवन संघर्ष हो। के जीवन यति सजिलो हो कि एउटा भलिबल खेल जस्तो?

     खेलकै बिषयमा हेरौं।  free play मा जो मजा छ, तर के प्रतिष्पर्धात्मक खेलमा त त्यति स्वतन्त्र आनन्द होला त ? जीवनका सबै पक्ष यस्तै हुन् कि। सामान्य हेर्दा जेमा मजा छ, अलिकति गहिरिएर जाँदा त्यही नै दु:ख छ, तेही सुख पनि । आफ्नो अनुभवले म देख्छु, के जीवन यही दु:ख, पीडा मात्र हो त ? हरेक क्षेत्रमा हेरौं - सतहमा जो मजा छ, जब तेसै भित्र हामी डुब्छौ, त्यहाँ सागर छ, समुन्द्र छ, राम्रो पनि छ, नराम्रो पनि छन्, सुखानुभुति पनि छन् त दु:खको अनुभूति पनि । 

के जीवनको परिभाषा यत्ति नै हो त ?  यो परिवर्तनशील दुनियामा के परिवर्तन नै सबै चीज  हो त? के यो जीवन पीडा र रोदनको समुन्द्र हो , वा यो एक असिम उपहार हो ? मेरो जिज्ञासा !

 

Thursday, February 10, 2022

'नजर' कविता

 माया तिम्रो नजरको सामु,

मेरो नजर नि झुक्दैन त्यो,

हेरिरहूँ झै मुस्कान तिम्रो,
प्रेम-मुहान यो सुक्दैन त्यो!

पलाइरहेको कोपिला जस्तै,
उम्रिएको यो माया,
मल जल गर्दै प्रेम भरेसी,
उब्जियो शितल छाँया,

प्रकृतिको काखमाथि,
किन नझुम्मुन् भँवरा,
मधुमासको यो शितल वनमा,
प्रशन्न पहाड-पहरा ।

हर्ष आंसु झरना बग्दा,
मिलन प्रेममय भयो,
आत्मा, ईश्वर, ज्ञान, आरती,
आविष्कार भई गयो ।

Saturday, August 14, 2021

बिरालो ज्ञान महात्म्य

 

मलाई फूलको वास्ता थेएन,

उसले सुगन्ध लियो,

मेरो घरको बिरालोले,   

फूलमै मजा लियो ।


सुघिराथ्यो मध्यरातमा,

नाकै जोडी फूलमा,

आफू भने सोंचनामा,

भविष्य र भूतमा ।

 

मनुष्यले भन्दा धेरै,

मजा ले'छ उसले,

आफू भन्दा स्थिर देखें,

कुरा बुझ्छ कसले?

 

सुगन्धको शुद्ध स्वाद,

बिरालैले लियो,

विराट नाम पौडेल थर,

हेरिरहेकै थियो । 

 

आफू भन्दा शुद्दता त,

उसको भावमा देखें,

ज्ञान पाएँ उसैबाट,

यो कविता पो लेखें ।  

Sunday, September 6, 2020

मेरी श्रीमती(Mrs) कस्ती होलिन् ?

      सर्वप्रथम, म श्रीमतीलाई मिसेस (Mrs.) शब्दले सम्बोधन गर्न चाहन्छु । श्रीमती शब्द तेती मनपर्दैन, श्रीमती नै शब्द किन भनियो यो पनि मलाई थाहा भएन, घरको श्रीसम्पत्तिको भोक्ता एवं श्री - मतियुक्त भएर श्री-लक्ष्मीको पुजनीय भएर हो कि श्रीमती भनिएको, यस्तो मेरो मनमा आउदछ, यथार्थ चाहिं व्याकरणविदहरुलाई नै थाहा होला - हा.. हा.. 😃 ।   

रुप, रंग र आकर्षण :
     मेरी श्रीमती रुप, रंग र शारीरिक रुपले तन्दुरुस्त होउन्।  तर समयबस कहिलेकाहीं रुघाखोकी लाग्नु स्वाभाविक कुरा हो कि । उज्यालो मुहार - अनुहार कि होउन् तर  यो होइन कि राति मा घरको बत्तिनै बाल्न नपर्ने गोरी 😀, तर उनी रातीमा कोठामा छिर्ने बित्तिकै उनको उज्यालोले बत्ति नै बाल्न नपर्ने जस्तो गोरी, यस्तो चमत्कार त नहोला तर पनि एउटा कल्पना । शारीरिक र मानसिक रुपमा राम्री र अनुशासित भएमा राम्रो ... । तर यस्तो कुरामा कतिपय साथीहरु बिच्चैमा भन्नुहुन्छ  - 'सब भन्दा पहिला त आफु नै ठिक हुनु पर्यो नि'  - कुरा सहि नै हो । आफु त आफु नै भैयो । कसैले राम्रो भन्छन् त कसैले नराम्रो पनि भन्लान् तर आफ्नो सोंचाई भने मेरो सबै प्रति सहानुभूतिपूर्ण नै छ ।
 
      उनी  एकदमै आकर्षक शरीरको हुन्छिन्, लाग्छ कि त्यति आकर्षक केटी संसारमा नै कुनै छैन, तर यो होइन कि उनी सबैको लागि आकर्षक होउन्, अरुले देख्दा भने उनीलाई राम्रै मान्छन् - मानिसहरु, हल्का केहि से*सी, हल्का राम्री । अनि संसारको धेरै/सबै केटाहरुले रुचाएको शृंखला खतिवडा वा करीना कपुर जस्तो चेलेब्रटी पनि होइन्, ताकी उनका फ्यानहरु उनीलाई देखेर crazy भई रहुन्। ठिक्क साथीहरुले मन पराएको होउन् तर उनीले भने म आफुलाई मात्र मन पराउन् - मेरो रमाइलो कुरा 😀। तर म के भन्छु भने अरुबाट मायाको अपेक्षा गर्नु भन्दा राम्रो - आफुले अरुलाई माया दिइरहनु नै हो; तर यो कुरा भनेको अलि आश्चर्यजनक नै विषय हो 😃 !

पहिरन:
      पहिरन भने कुर्ता सुरवाल जस्तो खालको  कपडा लगाउछिन् । कपडा यस्तो ठिक्क टपक्क मिलेको लगाउछिन् कि पहिरनमा उनी bright देखिन्छिन् । टपक्क्क मिलेको वा हल्का light colour को हल्का सदा रंगको (light-colorful) लुगा लगाएकी हुन्छिन् / लगाउन मन पराउछिन्; वा समय सान्धर्विक पाइन्ट वा साडी वा जुन आफ्नो लागि सजिलो(comfortable) हुन्छ । हेर्दा खुसी देखिन्छिन्, न त दुखी न त उत्सृङ्खल नै! यस्तो हुनुपर्यो कि मुहारमा हल्का लजालु हासो धेरै जस्तो समयमा देख्न पाइने ।

सामान्य स्वभाव:
      हल्का पारिवारिक स्वभाव कि हुन्छिन्, परिवार, आफन्त सबैलाई माया गर्ने र हल्का मिठो गफ पनि गर्ने हुन्छिन् तर कामै छोडेर गफ गर्ने चाहिं पनि होइन है 🤓 । 
 
शिक्षा र शैक्षिक योग्यता:
      Minimum आफुले पठाएको SMS/message त ठिक संग बुझ्ने त हुनु नै पर्यो नि तर "मेरो कुरा - केहि शिक्षित त हुनु हुनुपर्यो, कुरा बुझ्ने हुनुपर्यो, तेत्ति मात्र, धेरै ph.d गरेकी भएर पनि त्यस अनुसारको job/work  नपाएमा पढेको के मज्जा ?" यहाँ शिक्षित (educated) भन्नाले स्नातक(Bachelors) वा यस्तै-यस्तै running वा केही तल-माथी Intermediate (average) यस्तै यस्तै बुझौं न ।
 
अन्तरंगता, अन्तर-सम्बन्ध, शारीरिक एवं मानसिक सम्बन्ध  र आकर्षण: 
      मानसिक सम्बन्धमा बराबर तर सम्बन्धमा आफु भन्दा केहि बढी एवं ठिक्क रुचि राख्ने हुन्छिन् वा हुँदा राम्रो । हल्का माया प्रेमको कुरा पनि गर्न रुचाउने तर माथि paragraph मा भने जस्तै - यस्तो होइन कि उनी खाना नै पकाउन छोडेर प्रेमको मात्र कुरा गर्ने तर व्यवहारमा zero ! घर - व्यवहार पनि त चलाउनु पर्यो, काम पनि त गर्नुपर्यो नि! होइन र हजुर?

खान पान: 
     उनको खान-पान शाहाकारी हुँदा राम्रो हुन्छ, तर यो होइन कि उनी लसुन, प्याज पनि नखाने अति-अध्यात्मवादी त्यस्तो चाहिं पनि होइन;  खान त कहिले काही non-veg  पनि खाँदा खासै फरक नपर्ला कि- तर कहिले काहीं मात्र - कहिलेकाहीं मात्र । पार्टी, भोज भतेरमा शाहाकारी नै खाएको राम्रो हो तर फेरी आफुलाई मन परेको चीज मैले नखान भन्न पनि त मिल्दैन होला नि ।
 
जात, कुल खानदान: 
      भरसक आफ्नै जात/कुल कि भएमा राम्रो - First Priority. गोत्र, नाडी र गुण पनि मिलेमा झन् उत्तम हुन्छ । ज्योतिष शास्त्रमा 18 गुण भन्दा बढी भएमा उत्तम मानिन्छ तर मेरो case मा भने minimum 22 गुण त हुनै पर्यो है । वैवाहिक सम्बन्ध आफ्नो भाग्यको कुरा पनि हो - यसमा ठेट कुरा यस्तै नै र यही नै कुल/जाति नै भनेर ठोकुवा गर्न पनि त सकिन्न । 
 
 शर्त:
        यस रिलेशनमा मुख्य सर्त यो नै हुनपर्ने भनेर त्यस्तो खासै त छैैन । तर मुख्य कुरा understanding मा आउनु पर्ने हुन्छ । जति राम्रो understanding हुन्छ, तेती नै पारिवारिक जीवन राम्रो र सुखदायी हुन्छ ।

[ कृपया यस article लाई एउटा imagination(काल्पनिक) जस्तै बुझिदिनुहोला । यथार्थमा केहि कुरा फरक पनि हुन सक्ला तर औसत (average) मा कुरा यस्तै यस्तै बुझौं न । 

Article पढिदिनुभएको मा धन्यवाद 🙂!!
 
जय राधा-कृष्ण !      

 

 

Thursday, February 21, 2019

प्रेम, सम्बन्ध र विवाह

An Educational Article about Love, Relation & Marriage
    प्रेमको अर्थ बुझ्ने मानिस यो संसारमा कमै देखें मैले | जब कि त प्रेममै डुबेका लभ-जोडी हरु पनि प्रेमको वास्तविक परिभाषा अझै बुझ्न सकेको जस्तो लाग्दैन र अहिले म पनि अनुसन्धान मै छु |
  कतिपय मानिसहरू त झुटकै खेतीले जबरजस्त बिहे गर्दिने परम्परा पनि अझै देखिन्छ तर विवाह एउटा यस्तो खेल होइन जुन एकपटक मै हुन्छ र अनि खेल खतम हुन्छ | यो त यौटा पवित्र सम्बन्ध हो, जुन लामो समयसंग टिकिरहन्छ र टिक्नुपर्दछ | झुटबोलीबाट भएका विवाहहरूमा पछि असन्तुष्टि भएका थुप्रै घटनाहरु प्रसस्त देख्न सकिन्छ |
विवाह पछी श्रीमान् र श्रीमती बीच झन् यस्तो प्रगाढ सम्बन्ध स्थापित हुनुपर्दछ जसले झन् भन्दा झन् प्रेमको उदय होस् अनि सम्बन्ध झन् रसिलो हुँदै जाओस् । अनि मात्र स्वर्गानुभुति हुन सक्छ; अनि मात्र वैवाहिक जीवन आनन्ददायक हुनेछ । 
- This post was created in 2017 & modified in 19-Feb-2019. 


                  

Tuesday, April 24, 2018

विज्ञान सम्बन्धी मेरा केहि रमाइला जिज्ञासाहरु


के इनर्जीलाई साच्चै नै generate/create गर्न सकिदैन त ? "Energy can be neither be created or be destroyed, It can only be transformed from one form to another." Creation of Energy भन्ने topics मा वैज्ञानिकहरूको ध्यान कता छ ? यदि energy लाई स्वतः generate वा create गर्न सक्ने हो भने नेपालमा load-shadding बढोस् कि घटोस् के मतलब ! tv, रेडियो, Computer चलाउन electricity वा battery नै चाहिदैनथ्यो, आफैं नै स्वतः चल्ने थियो |

Biology भन्छ : Human को life-activity चल्नको लागि food, water, oxygen चाहिन्छ | मृत्यु भएको मानिसलाई food, water र oxygen दिएर पनि किन बाँच्दैन ? त्यहाँ अझै केहि अदृश्य शक्ति (Invisible Energy) पनि हुनुपर्छ जसले मानिसलाई जीवन दिइरहेको हुन्छ |   

अनि एउटा रमाइलो कुरा के भने -  सुर्यको वरिपरी पृथ्वी घुम्छ भनिन्छ, तर सबैले प्रत्यक्ष देख्छौं पुर्व बाट सुर्य उदाएर पश्चिम मा अस्ताउँछ, सुर्य नै घुमेको देखिन्छ | मलाई कस्तो लाग्यो भने पृथ्वीमा हुँदा सुर्य घुम्दो रहेछ भने पृथ्वीबाट अन्तरिक्षमा जाँदा पृथ्वी घुम्दो रहेछ | त्यस हिसाबले त पृथ्वी र अन्तरिक्षको बीचबाट हेर्ने हो भने त पृथ्वी र सुर्य दुवै घुम्दैन होला कि | just हाँसो हो कुरा !

Tuesday, April 10, 2018

मेरो विद्यार्थी जीवन र कम्प्युटर प्रतिको मोह

 
Me at the time of student life
    
  मेरो computer र internet प्रतिको मोह सानै देखि नै पलाएको थियो ; मौलाउन खोजिरहेको हो ! एउटा कुरा सम्झिन्छु जुन ; म तेती बेला लगभग १३ वर्ष जतिको थिए कि ! जति बेला मेरो राजन दाइले निरन्जन दाइको लागि भनेर computer र internet सम्बन्धि पुस्तकहरू पठाइदिनुभएको थियो | तेतीवेला लगभग म सायद ८-९  कक्षामा भर्खर पुगेको थिए | अनि यसै सन्दर्भमा जब कक्षा - ९ मा पुगे, optional computer subject नयाँ थपियो |  प्राविधिक कुरामा अहिले पनि अति नै रुची राख्ने म र मेरो साथी थिए : राजु | हामी दुइ एकदमै मिल्ने साथी; Computer सम्बन्धी नयाँ नयाँ रोचक कुरामा अत्यन्तै चासो राख्ने गर्दथ्यौ | कम्प्युटर सरले पढाउनुभएको कुराहरू हामीलाई साच्चै नै पट्यारलाग्दो हुन्थ्यो; किनकी हामी सरले सिकाएका कुराहरू भन्दा धेरै नै माथि पुगिसकेका हुन्थ्यौं | अन्तत: स्कूल जीवनमा हामी राम्रै विद्यार्थीको रुपमा चिनिन सफल भयौं | 

Thursday, April 6, 2017

गुलाब तिम्रो सुवास रही गो

गुलाब तिम्रो सुवास रही गो (कविता )





























आज फेरी मेरो मनमा,
बसाँउछ्यौ प्रिय तिमी किन,
झल्झलाउँदो त्यो मुहारमा,
लजाछ्यौ प्रिय  तिमी किन।

बत्ती बलेझै अनुहार तिम्रो,
फूल फ़ूलेझै मुहार तिम्रो,
लचक-लचक यो चाल तिम्रो, 
कुहुकुहु चिरबिरीबिरी चरी झैँ,
बोली वचन सुर-ताल तिम्रो,
कति हो सुन्दर जीउडाल तिम्रो।

मसक-मसक हिडिदिन्छ्यौ मस्की,
धड़क धड़क यो दिलमै धड्की,
मसक्क मस्की धड़क्क धड्की,
बस न हो नजिकै फरक्क फर्की  !

फुरुक फुरुक तिमी वरिपरि हिड्दा,
मन मन मेरो सरसर भैगो,
जुरुक जुरुक यो फुरुङ्ग मनमा
गुलाब तिम्रो सुवास रही गो ।

 

Monday, February 15, 2016

Copy-Paste नगरिकन Print गर्न सिकौं न !


"१) बगलमा एउटा किराना पसल राम्रो चलेको छ, अर्को ले तेही नजिकै किराना पसल जो खोलिदिन्छन् ।
२)वल्लो घरकी महिलाले Party मा जाँदा झल्किने गहना लगाउछिन्, उनीको संगिनीले अर्को दिन तेही नै खाले गहन किन्छिन् ।"
        अजिब लाग्छ मलाई कि सबैलाई देखेर । हाम्रो Copy-Paste गर्ने परम्परा भने कहिले पनि हट्ने भएन । हरेक कुरा लाई हामी copy-paste नै गर्छौं । छिमेकी साथीले मोटर-साइकल किन्यो भने अर्को साथीलाई पनि मोटर-साइकल चाहियो । SLC Student जति सबै अहिले Information Technology तर्फ आकर्षित देखिन्छन् ।  अहिले भने Valentine's Day मा पनि तेही भयो - सबले आफ्नो आफ्नो couple को फोटो Social Media Sites  मा राख्न व्यस्त । हामी छिमेकीका हरेक कुरालाई सहजै Copy-Paste गर्छौं तर आफ्नो जे छ त्यस कुराना हामी त्यति वास्ता गर्दैनौं  जसकारण हामी बिस्तारै आफ्नो originality गुमाइरहेका हुन्छौं  ।
          होइन हामीले आफ्नो अस्तित्वलाई किन नबुझ्या भन्या ? We are Complete; प्रत्येक व्यक्तिलाई ईश्वरले फरक फरक अनुहार बनाएर यो पृथ्वीमा पठाइदिनुभएको छ भनेपछि आफ्नै पनि केहि अस्तित्व छ भन्ने कुरा हामी अझै बुझिरहेका छैनौं कि | हामी किन अरुले जे गर्यो तेही त Copy गर्छौं, कारण यो छ कि Copy गर्न त सजिलो छ But आफ्नो Creation गाह्रो नै हो यथार्थमा  ।  छिमेकीको तिन तला घर छ ; आफ्नो सानो भयो रे, आफु सानो कसरी भइयो बाबा ? पैसा प्रसस्त हुनेले १० सै तल्ला घर बनाउस न के बिग्रियो ? होइन र ? तर यो कुरा गर्दा धन मानी व्यक्तित्वहरू रिसाउनु होला । धनी सम्पन्न व्यक्ति हुनको लागि पनि त भाग्यमा नै ल्याउनु पर्छ नि होइन र? कि त भरपुर मिहिनेत  गर्नु पर्यो । तर यस कुरामा दोहोरी गायक तथा सृजक पशुपति शर्माको गीतले भने सामान्य तरिकाले पैसा कमाइ हुदैन भ्रष्टाचार गर्ने नै माथि पुग्छ भनेका छन् । However , आफ्नो आफ्नो विचार पनि हो कि ?   

          फेरी अघिकै विषयमा चर्चा गरौँ - बिदेशी संस्कृतिको हामी ठ्याक्कै Copy गरिराछौँ । जनै पूर्णिमा कहिले को भनेर हामीलाई थाहा हुने छोड्यो, Valentine  Day, Christmas भव्य रुपले मनाइन्छ । अर्को कुरा, राम्रो कुराको Copy गर्नु त राम्रो हो । तर, हामी हाम्रो धर्म-संस्कृतिलाई चटक्कै बिर्सेर पास्चात्य संस्कृतिकै पछि लाग्नु सहि भन्न मिल्ला त ?  मैले भन्न खोजेको यो होइन कि पश्चिमी सस्कृति नअपनाऔं  भनेर, मैले भन्न खोजेको कुरा: हामी आफ्नो अस्तित्व पनि बुझौं न भन्न खोज्या मात्र हो ।
          मेरो विचारमा originality/अस्तित्वमा बाट नै नयाँ चिजको  सृजना हुन्छ । विदेशीहरू आफ्नो अस्तित्व(Existance ) लाई नै बढी महत्व दिनले धेरै प्रगति गरिसकेका छन् होइन र ?      

Thursday, March 5, 2015

'विराट' शब्दको उत्पत्ती

भगवान् कृष्ण(विष्णु) को विराट स्वरूपको दर्शनको साथमा दुइ किनारामा विराट पौडेलको तस्वीर


     संस्कृत व्याकरण अनुसार 'विराट' शब्द 'वि' उपसर्गमा 'राज्' प्रत्यय लागेर बनेको हो | लघु-सिद्दान्तकौमुदीमा लिखित एक सुत्र अनुसार 'राज्' प्रत्ययमा रहेको 'ज्' मा 'सु' थपिन्छ र त्यो 'सु' मा 'स' विलिन हुन्छ अनि अन्त्यमा रहेको  'ज्' अक्षर 'ट्' मा रुपान्तरित भएर 'विराट' शब्द बन्न गएको हो भनी संस्कृत व्याकरणविद्हरू बताउदछन् | 
     नेपाली शब्दकोश अनुसार विराट शब्दको अर्थ शोभायमान हुनु; स्व-प्रकाशित हुनु भनिएको छ भने विकिपेडिया अनुसार विराट शब्दको अर्थ 'आकारमा विशालताको साथमा महान् हुनु' हो भनी लेखिएको  छ |
     'विराट' शब्दको वास्तविक अर्थ बुझ्नको लागि भने भगवान् विष्णुको विराट  स्वरूप अवतारको बारेमा बुझ्नु जरुरी हुन्छ, किनकी ऐतिहासिक तथा पौराणिक रुपमा 'विराट' शब्दको प्रयोगको थालनी भगवान् विष्णुको विराट स्वरूप अवतारमा रहेको 'विराट' शब्दबाट नै भएको देखिन्छ |
     हिन्दु धार्मिक ग्रन्थ महाभारतमा युद्धको बेलामा भगवान् कृष्ण(भगवान् विष्णुको स्वरूप)ले अर्जुनलाई सुनाएको ज्ञान - श्रीमद्भगवत् गीतामा उल्लेख गरिए अनुरुप अर्जुनले कृष्ण भगवान् प्रति विश्वास गुमाउन लागेको अवस्थामा भगवान् कृष्णले विराट-स्वरूप अवतारको दर्शन दिनुभएको थियो | श्रीमद्भगवत गीता - विश्वरुप-दर्शन-योग ( अध्याय - ११ )मा वर्णनगरिएअनुसार त्यस विश्वरुपका अनेक मुख र आँखाहरू थिए, साथमा अनेक अद्भभुत दृश्यहरू देखिन्थे, नाना प्रकारका दिव्य-अलंकार (गहना) पहिरिएका तथा विभिन्न किसिमका दिव्य हतियारको साथमा सुसज्जित देखिन्थ्यो, आश्चर्यजनक त्यो रुपमा विभिन्न किसिमका वासना आँउदथ्यो, दिव्य पुष्प(फूल), वस्त्र(कपडा) हरूले सोभायमान त्यो अलौकिक रुपमा हजारौं सूर्यको तेज बराबरको प्रकाश छरिएको देखिन्थ्यो, नाना प्रकारका प्राणीहरुको समुदाय, ब्रह्मा, विष्णु, शिव तथा अनेक ऋषिगण अनि वासुकी नाग आदि सर्पहरू समेत नजिकमा देखिन्थे, करोडौं हात, करोडौं पेट, करोडौं मुख र करोडौं नजर समेत भएको, किरीट, गदा, वक्र, चक्र धारण गर्ने चारै तर्फ प्रभा फैलाउने, तेजको पुञ्ज, झल्मलाउँदो अग्नि सहितको आँखाले हेर्दा तिर्मिराउने, जसको सुरु - मध्य - र अन्त्य छैन,  त्यस्तो स्वरुपलाई  देखेर अर्जुनमा अतास्सिए जस्तो भयभित हुन्छन् | त्यसै बेला रुद्र गण, आदित्य - गण, साध्य गण, विश्वेदेव, अश्विनीकुमार, मरुद्गण, पितृगण, गन्धर्व, यक्ष, सिद्ध, तथा फौज का फौज आश्चर्य-चकित हुँदै विराट-स्वरूपको दर्शन तथा प्रणाम गर्दछन् | 
     'विराट' शब्दको प्रयोगको सम्बन्धमा भने महाभारत मा विराट पर्वको बारेमा कथन भेटिन्छ भने भने भगवान् रामचन्द्र गुप्तबास गएको बेलामा 'विराट राजा'  संग विराटनगरमा भेट भएको पनि बताइएको छ |
     अब व्यक्तिगत रुपमा 'विराट' नाम कसरी राखियो भन्ने बारेमा वर्णन गरौँ | विराट पौडेलकी जननी माता भुवनेश्वरीदेवी पौडेलले सधैं बिहान सबेरै गीता पाठ गर्नुहुन्थ्योर अचेल पनि गर्नुहुन्छ | यसै क्रममा न्वारनको नाम 'विवेकानन्द' नाम रहेकोमा अब प्रचलित नाम को लागि श्रीमद्भगवत गीतामा निहित  'भगवान् बिष्णुको विराट स्वरूप' बाट निकालेर 'विराट' नाम राखौं भन्ने सोचले विराट नाम राखिएको हो र तेही अनुसार विवेकानन्द पौडेलको प्रचलित नाम : 'विराट पौडेल'  रहन गएको हो | 

Facebook:


  

   

Saturday, February 14, 2015

प्रेम दिवसको शुभकामना


    Valentine's day ! संसार भरी विभिन्न तरिकाले आफ्नो मन पर्ने प्रेमी-प्रेमिका वा श्रीमान्-श्रीमती बीच मनाइन्छ  ! वास्तवमा प्रेम एउटा हरेक व्यक्तिमा स्वतः स्फुरित हुने भावना हो ! तर यो त्यति बेला स्फूर्त देखिन्छ जतिबेला आफुले कोहि लाई भित्रै बाट मन पराइन्छ | कुनै वस्तुसंगको प्रेम होस् वा व्यक्ति संगको प्रेम; यसले साच्चै नै व्यक्तिमा एउटा सकारात्मक उर्जा दिन्छ | तर प्रेम स्वार्थ तर्फ अनि केवल शारीरिक आकर्षणतर्फ मात्रै उन्मुख भयो भने यसले दु:ख, आक्रोस तथा नैरास्यता पैदा गर्दछ | अतः प्रेममा केहि मात्रामा  गम्भीर पनि हुनु पर्दछ भने पूर्णत: उत्साहित पनि हुनु पर्दछ | यदि हामीले असल / सहि र निस्वार्थ: प्रेम दिन सक्छौं भने जीवन एउटा उत्साह नै उत्साहको उत्सव हुन सक्छ  | अन्त्यमा सम्पूर्ण site visitor साथी हरुलाई मा विराट पौडेलको तर्फ बाट हार्दिक शुभकामना !! 

Wednesday, January 7, 2015

Getting Started


Photo location: Newly build tower at the top of Srinagar Hill

Hello all! मानिसको जीवन अनौठो छ ! कहिले कस्तो कहिले कस्तो ! जीवनका अझै रमाइला अनुभूतिहरू !!