Thursday, January 12, 2023

के यो जीवन उपहार हो?

धेरै थरी मानिस छन् यहाँ, सबै थरि-थरि, 

एउटै मानिस हुन्छन् कहिले असल,

 त कहिले खराब,

परिस्थिति  घरि-घरि। 

     

    वास्तवमा जीवन-जगत अनि मानिस, मानिस अनि यो जगत - पृथ्वी; कसैले भन्छन्; जीवन एउटा खेल मैदान हो, त कोहि भन्दछन्, जीवन संघर्ष हो। के जीवन यति सजिलो हो कि एउटा भलिबल खेल जस्तो?

     खेलकै बिषयमा हेरौं।  free play मा जो मजा छ, तर के प्रतिष्पर्धात्मक खेलमा त त्यति स्वतन्त्र आनन्द होला त ? जीवनका सबै पक्ष यस्तै हुन् कि। सामान्य हेर्दा जेमा मजा छ, अलिकति गहिरिएर जाँदा त्यही नै दु:ख छ, तेही सुख पनि । आफ्नो अनुभवले म देख्छु, के जीवन यही दु:ख, पीडा मात्र हो त ? हरेक क्षेत्रमा हेरौं - सतहमा जो मजा छ, जब तेसै भित्र हामी डुब्छौ, त्यहाँ सागर छ, समुन्द्र छ, राम्रो पनि छ, नराम्रो पनि छन्, सुखानुभुति पनि छन् त दु:खको अनुभूति पनि । 

के जीवनको परिभाषा यत्ति नै हो त ?  यो परिवर्तनशील दुनियामा के परिवर्तन नै सबै चीज  हो त? के यो जीवन पीडा र रोदनको समुन्द्र हो , वा यो एक असिम उपहार हो ? मेरो जिज्ञासा !

 

Thursday, February 10, 2022

'नजर' कविता

 माया तिम्रो नजरको सामु,

मेरो नजर नि झुक्दैन त्यो,

हेरिरहूँ झै मुस्कान तिम्रो,
प्रेम-मुहान यो सुक्दैन त्यो!

पलाइरहेको कोपिला जस्तै,
उम्रिएको यो माया,
मल जल गर्दै प्रेम भरेसी,
उब्जियो शितल छाँया,

प्रकृतिको काखमाथि,
किन नझुम्मुन् भँवरा,
मधुमासको यो शितल वनमा,
प्रशन्न पहाड-पहरा ।

हर्ष आंसु झरना बग्दा,
मिलन प्रेममय भयो,
आत्मा, ईश्वर, ज्ञान, आरती,
आविष्कार भई गयो ।

Saturday, August 14, 2021

बिरालो ज्ञान महात्म्य

 

मलाई फूलको वास्ता थेएन,

उसले सुगन्ध लियो,

मेरो घरको बिरालोले,   

फूलमै मजा लियो ।


सुघिराथ्यो मध्यरातमा,

नाकै जोडी फूलमा,

आफू भने सोंचनामा,

भविष्य र भूतमा ।

 

मनुष्यले भन्दा धेरै,

मजा ले'छ उसले,

आफू भन्दा स्थिर देखें,

कुरा बुझ्छ कसले?

 

सुगन्धको शुद्ध स्वाद,

बिरालैले लियो,

विराट नाम पौडेल थर,

हेरिरहेकै थियो । 

 

आफू भन्दा शुद्दता त,

उसको भावमा देखें,

ज्ञान पाएँ उसैबाट,

यो कविता पो लेखें ।