Saturday, August 14, 2021

बिरालो ज्ञान महात्म्य

 

मलाई फूलको वास्ता थेएन,

उसले सुगन्ध लियो,

मेरो घरको बिरालोले,   

फूलमै मजा लियो ।


सुघिराथ्यो मध्यरातमा,

नाकै जोडी फूलमा,

आफू भने सोंचनामा,

भविष्य र भूतमा ।

 

मनुष्यले भन्दा धेरै,

मजा ले'छ उसले,

आफू भन्दा स्थिर देखें,

कुरा बुझ्छ कसले?

 

सुगन्धको शुद्ध स्वाद,

बिरालैले लियो,

विराट नाम पौडेल थर,

हेरिरहेकै थियो । 

 

आफू भन्दा शुद्दता त,

उसको भावमा देखें,

ज्ञान पाएँ उसैबाट,

यो कविता पो लेखें ।  

Thursday, February 21, 2019

प्रेम, सम्बन्ध र विवाह

An Educational Article about Love, Relation & Marriage
    प्रेमको अर्थ बुझ्ने मानिस यो संसारमा कमै देखें मैले | जब कि त प्रेममै डुबेका लभ-जोडी हरु पनि प्रेमको वास्तविक परिभाषा अझै बुझ्न सकेको जस्तो लाग्दैन र अहिले म पनि अनुसन्धान मै छु |
  कतिपय मानिसहरू त झुटकै खेतीले जबरजस्त बिहे गर्दिने परम्परा पनि अझै देखिन्छ तर विवाह एउटा यस्तो खेल होइन जुन एकपटक मै हुन्छ र अनि खेल खतम हुन्छ | यो त यौटा पवित्र सम्बन्ध हो, जुन लामो समयसंग टिकिरहन्छ र टिक्नुपर्दछ | झुटबोलीबाट भएका विवाहहरूमा पछि असन्तुष्टि भएका थुप्रै घटनाहरु प्रसस्त देख्न सकिन्छ |
विवाह पछी श्रीमान् र श्रीमती बीच झन् यस्तो प्रगाढ सम्बन्ध स्थापित हुनुपर्दछ जसले झन् भन्दा झन् प्रेमको उदय होस् अनि सम्बन्ध झन् रसिलो हुँदै जाओस् । अनि मात्र स्वर्गानुभुति हुन सक्छ; अनि मात्र वैवाहिक जीवन आनन्ददायक हुनेछ । 
- This post was created in 2017 & modified in 19-Feb-2019. 


                  

Tuesday, April 24, 2018

विज्ञान सम्बन्धी मेरा केहि रमाइला जिज्ञासाहरु


के इनर्जीलाई साच्चै नै generate/create गर्न सकिदैन त ? "Energy can be neither be created or be destroyed, It can only be transformed from one form to another." Creation of Energy भन्ने topics मा वैज्ञानिकहरूको ध्यान कता छ ? यदि energy लाई स्वतः generate वा create गर्न सक्ने हो भने नेपालमा load-shadding बढोस् कि घटोस् के मतलब ! tv, रेडियो, Computer चलाउन electricity वा battery नै चाहिदैनथ्यो, आफैं नै स्वतः चल्ने थियो |

Biology भन्छ : Human को life-activity चल्नको लागि food, water, oxygen चाहिन्छ | मृत्यु भएको मानिसलाई food, water oxygen दिएर पनि किन बाँच्दैन ? त्यहाँ अझै केहि अदृश्य शक्ति (Invisible Energy) पनि हुनुपर्छ जसले मानिसलाई जीवन दिइरहेको हुन्छ |   

अनि एउटा रमाइलो कुरा के भने -  सुर्यको वरिपरी पृथ्वी घुम्छ भनिन्छ, तर सबैले प्रत्यक्ष देख्छौं पुर्व बाट सुर्य उदाएर पश्चिम मा अस्ताउँछ, सुर्य नै घुमेको देखिन्छ | मलाई कस्तो लाग्यो भने पृथ्वीमा हुँदा सुर्य घुम्दो रहेछ भने पृथ्वीबाट अन्तरिक्षमा जाँदा पृथ्वी घुम्दो रहेछ | त्यस हिसाबले त पृथ्वी र अन्तरिक्षको बीचबाट हेर्ने हो भने त पृथ्वी र सुर्य दुवै घुम्दैन होला कि | just हाँसो हो कुरा !