Friday, July 3, 2015

वर्षा-याममा धानको बीउ निरीक्षणको अनुभव

 
[ चित्रमा माटोको निरीक्षण गर्दै म... ]
        अनुभवहरू फरक-फरक प्रकृतिका हुन्छन्  | शिवदत्त गुरुको कान्छो छोरा विराटलाई शारीरिक परिश्रमको अनुभूति नै भएन; सानै देखि विद्यालय, कलेज जाने आउने अवस्थामै जीवन सानो को जीवन बित्यो । रोपाई गरेको फोटो खिच्ने क्रममा जब मैले साना-साना नानीहरू समेतले बीउ उखेलेको र रोपाईं गरेको देख्दा आफैलाई एक किसिमको आश्चर्य लाग्यो  | किनकि म आफु जुन परिवारमै हुर्कियो; सायद त्यस किसिमको आवश्यकता पनि परेन कि तेस्तै तेस्तै अरुको काम गर्नु पर्ने |  
       कतिपय कलिला भाइबहिनीहरू अहिले पनि दुंगा फोड्न तथा इँटा, गारोको काम गर्न   बाध्य छन् | बिहान र सांझ नुन-भात मात्र खाएर बसेकाको स्थिति पनि होला  | शारीरिक परिश्रम कहिल्यै गर्नु नपरेकोमा आफूलाई अझिव सा लाग्दछ कि यो जीवन यस्तै गरी पुगिसरी नै जाने हो कि के होला ?  
   


[ माथि फोटोमा छिमेकि बड्का दाइलाई मा सहयोग गर्दैछु | ]
         
      

No comments:

Post a Comment